• २०८१ बैशाख १३ बिहीबार

खत्याडकाे ४० विद्यालयमा अझै पुगेनन् पाठ्यपुस्तक

kharibot

मुगु  । खत्याड गाउँपालिकाका ४० विद्यालयमा अझैसम्म पाठ्यपुस्तक पुगेकाे छैन । पाठ्यपुस्तक नपुगेपछि पठनपाठनमा समस्या भएकाे छ ।

खत्याड गाँउँपालिका-८ स्थित सर्वाेदय माध्यमिक विद्यलयमा कक्षा १० अध्ययनरत मनिषा गिरीका अनुसार पाठ्यपुस्तक नहुँदा पठनपाठन नियमित भएकाे छैन ।

यद्यपि, साथीहरूसँग पुराना पुस्तक मागेर पढ्ने गरेकाे उनले बताइन । खत्याड गाउँपालिकाकाे माथचाैरमा पुस्तक आए पनि त्यहाँ पुग्न एक दिनभर पैदल हिडेर जानुपर्ने बाध्यता छ ।  

बाजुराकाे धुलाचाैरबाट पुस्तक मगाएर पढ्ने गरेकाे कक्षा-८ मा अध्ययनरत शिशिर सञ्जयालकाे भनाइ छ । सर्वाेदय माध्यमिक विद्यालय सुकाढिकाका प्रधानाध्यापक लाेकेन्द्रबहादुर कार्कीका अनुसार समयमै पाठ्यपुस्तक नपुग्दा अध्यापन गराउन समस्या भएकाे छ । यहाँ जेठ पहिलाे सातादेखि नयाँ शैक्षिक सत्र सुरू भएकाे हाे ।

गाउँपालिका र पाठ्यपुस्तक ढुवानी गर्न ठेकेदारकाे लापरबाहीका कारण खत्याड गाउँपालिकाले पुस्तक खरिद नगरेपछि ४० विद्यालयका विद्यार्थी पाठ्यपुस्तकबाट बञ्चित भएका हुन्र । 

विद्यालयबाट तथ्यांकहरू ढिलाे आएकाे र साेही कारण पुस्तक खरिद ढिलाई भएकाे खत्याड गाउँपालिका प्राविधिक सहायक लाेकेन्द बुढाले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै