• २०८१ बैशाख १३ बिहीबार

किमको अनौठो दाबि, एलियनले कोरोना फैलायो !

kharibot

काठमाडौँ । उत्तर कोरियाका तानाशाह किम जोङ उन आफ्नो अनौठो बयानका कारण चर्चामा रहन्छन् । विश्वभर चर्चा भइरहेका कोरोनाबारे किमको बयान अहिले चर्चामा रहेको छ । किम जोङले एलियनका कारण कोरोना फैलिएको दाबी गरेका छन् ।

किम जोङले देशमा पहिलो कोरोना केस पनि एलियनका कारण भेटिएको बताएका छन् । दक्षिण कोरियासँग जोडिएको सिमानाबाट बेलुनमा एलियनले भाइरस फ्याँकेको उनले बताए । त्यसयता देशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
२ जना मानिसले एलियन जस्तो कुरा छोए

उत्तर कोरियामा अप्रिलमा १८ वर्षका सैनिक र ५ वर्षका बालकले ‘एलियन जस्तो वस्तु’ छोएको अफवाह फैलिएको छ । त्यसपछि दुवैमा कोरोनाको लक्षण देखिएको थियो ।

तर, छिमेकी देश दक्षिण कोरियाले एलियन्सबाट फैलिएको सिद्धान्तलाई बकवास भनेको छ । सियोलका एक प्रोफेसरले किम जोङको दाबीमा विश्वास गर्न गाह्रो भएको बताउँछन्, किनभने वस्तुहरूबाट भाइरस फैलिने सम्भावना धेरै कम हुन्छ ।

उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएका अनुसार सरकारले सीमासँग जोडिएका क्षेत्रका लागि केही निर्देशन दिएको छ । सरकारले सिमाना नजिकै बसोबास गर्ने मानिसलाई हावाबाट आउने वस्तु बेलुन, एलियनजस्ता वस्तुबाट सचेत रहन भनेको छ । यदि कसैले यस्तो देख्यो भने प्रहरीलाई खबर गर्न निर्देशन दिइएको छ ।

झण्डै साढे दुई वर्षसम्म कोरोना भाइरसबाट बाँचेको दाबी गरेपछि उत्तर कोरियामा अप्रिलको अन्त्यदेखि करिब २० लाख मानिस रहस्यमय ज्वरोबाट पीडित थिए । मे १२ मा उत्तर कोरियाले आफ्नो देशमा पहिलो पटक कोरोना भाइरस भेटिएको घोषणा गरेको थियो । यसपछि किम जोङले पूरै देशमा लकडाउन लगाएका थिए । अहिले उत्तर कोरियामा कोरोनाको अवस्था बारे स्पष्ट जानकारी बाहिर आएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै