• २०८१ बैशाख १३ बिहीबार

प्रदुषण नियन्त्रणका लागि दिल्लीले विकल्प खोज्दै

kharibot

प्रतिनिधि तस्बीर

नयाँ दिल्ली । भारतको संघीय राजधानी दिल्लीको जल तथा वायु प्रदुषण नियन्त्रणका लागि सरकारले विद्युतीय सवारी साधन तथा प्रदुशित पानी बग्ने नदीहरूमा पानी प्रशोधनजस्ता विविध विकल्पहरूको प्रयोग गरिरहेको छ ।

चीसो मौसममा वायु प्रदुषणका कारण भारतीय राजधानीमा प्रदुषित ग्यासको अत्यधिक भण्डारणले यहाँका मानिसहरू प्रदूषित वातावरणमा जियन बाध्य बनेका छन् । यहाँ फोहर व्यवस्थापनको चुनौती पनि बढेको छ ।

 सहरबाट निस्केको फोहोरका चाङहरू सहर वरीपरी थुपारिँदा पछिल्ला बर्षमा उक्त क्षेत्रमा वायुको गुणस्तरीयता, भूमिगत पानी र माटोको प्रदूषण थप बढेको छ । 

दिल्ली राज्यका वातावरण मन्त्री गोपाल राईले प्रदूषण नियन्त्रणका लागि यो बर्षको जुलाई र अगस्टसम्म अर्थात् मनसुनी याममा ३५ लाख औषधिजन्य बोटबिरूवा रोपिने बताए ।

यसअन्तर्गत दिल्लीमा शहरी खेतीदाई समेत प्रोत्साहन गर्ने बताइएको छ । यसले नागरिकलाई घरमा उत्पादित तरकारी प्रयोगको संस्कृति विकास गर्ने कार्बन उत्सर्जन तहलाई नियन्त्रणमा राख्ने प्रयास गरिने उनले बताए ।

दिल्ली सरकारले विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने नीति लिएको र यहाँका सडकमा अन्य राज्यमा भन्दा बढी विद्युतीय सवारी साधन चलिरहेको देख्न पाइन्छ ।

यसै बर्षको अप्रिलमा सरकारले ल्याएको मौद्रिक नीतिमा विद्युतीय गाडीमा कर छुट दिँदै देशमा नै यसो गर्ने पहिलो राज्य बन्न सफल भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै