• २०८१ बैशाख ७ शुक्रबार

आम्दानी घटेपछि दबाबमा फेसबुक, ३० प्रतिशत कम इन्जिनियर भर्ना गर्ने

kharibot

काठमाडौँ । फेसबुकको स्वामित्वमा रहेको मेटा प्लेटफर्मले यो वर्ष ३० प्रतिशत कम इन्जिनियरहरू भर्ती गर्नेछ । यसका साथै कर्मचारीहरूलाई  कम्पनीका प्रमुख मार्क जुकरबर्गले व्यापारको गिरावटको लागि तयार रहन आफ्ना चेतावनी दिएका छन् ।

मेटाले सन् २०२२ मा अमेरिकामा १० हजार इन्जिनियरहरू भर्ना गर्न लागेको थियो, अब यो संख्या ६ देखि ७ हजारसम्म रहन सक्नेछ । वैशाखदेखि नै भर्ना स्थगित गरिएको छ । यति मात्र होइन, जुकरबर्गले आफ्ना कर्मचारीहरूलाई कम्पनीले अब धेरै रिक्त पदहरू भर्न नदिने बताए । कार्यसम्पादन व्यवस्थापनमा सुधार गर्न, आक्रामक रूपमा कम्पनी लक्ष्यहरू प्राप्त गर्न उपयोगी नहुने कर्मचारीहरूलाई बाहिर निकाल्न जुकरबर्गले निर्देशन दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

जुकरबर्गले भनेकाछन्- 'वास्तवमा कम्पनीमा केही व्यक्तिहरू छन् जो यहाँ आउनु हुँदैनथ्यो । अब यो ठाउँ उनीहरुका लागि होइन भन्ने आफैले हेर्नुस्, आफै निर्णय गर्नुहोस् ।'

मेटा कम्पनीले यो वर्ष विज्ञापन बिक्री र प्रयोगकर्ता वृद्धिमा मन्दी देखिरहेको छ । पछिल्लो त्रैमासिकमा पहिलो पटक फेसबुकका सक्रिय प्रयोगकर्ता घटेका छन् । अमेरिकामा मन्दी आउने अनुमान गर्दै, धेरै प्राविधिक कम्पनीहरूले आफ्नो लक्ष्य परिवर्तन गरेका छन् । एप्पल र गुगलको शेयर पनि घट्यो तर फेसबुकको सेयरको मूल्य भने ह्वात्तै घटेको छ । विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल कम्पनीको बजार मूल्य यो वर्ष आधाले घटेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै