• २०८१ बैशाख १२ बुधबार

कस्तो छ तीन दिनको मौसम पूर्वानुमान ?

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

महाशाखाले हाल देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको जानकारी दिएको छ । 

तीन दिनको मौसम पूर्वानुमान

२०७९ असार १८ गते (शनिबार)

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।  देशका पहाडी भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रका केहि स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली देखि मौसम समान्यता सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सूदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम र अन्य भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

२०७९ असार १९ गते (आईतबार)

दिउँसो:  देशभर सामान्य बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

२०७९ असार २० गते सोमबार

दिउँसो:  देशभर आँशिक देखि सामान्य बदली रहनेछ ।  देशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । 

महाशाखाले आगामी २४ घण्टा देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै