• २०८१ बैशाख १३ बिहीबार

भारतमा बिना पाइलटको फाइटर एयरक्राफ्टको सफल परिक्षण उडान

kharibot

काठमाडौँ । भारतको डिफेन्स रिसर्च एण्ड डेभलपमेन्ट अर्गनाइजेसन (डिआरडिओ ) ले बिना ड्राइभरको फाइटर जेटको सफलतापूर्वक उडान गरेको छ । उक्त उडान शुक्रबार कर्नाटकको चित्रदुर्गस्थित एरोनटिकल टेस्ट रेन्जबाट उडेको थियो । यो लडाकु विमान अटोमेटिक छ अर्थात् पाइलट बिना नै काम गर्नेछ । 

यसबारे जानकारी दिँदै डिआरडिओले पूर्ण रूपमा स्वचालित मोडमा काम गर्ने बताएको छ । जेट टेक-अफ, वे प्वाइन्ट नेभिगेसन र सहज टचडाउनको साथमा विमान सफलतापूर्वक उडेको छ । यो उडान भविष्यमा मानवरहित विमानका लागि महत्वपूर्ण प्रविधि साबित हुनेछ र आत्मनिर्भर हुने रणनीतिक रक्षा प्रविधिमा पनि मद्दत पुग्ने बताइएको छ ।

यो प्रविधि एरोनटिकल डेभलपमेन्ट एस्टेबलिसमेन्ट (एईडी), बैंगलोरले डिजाइन गरेको हो । विमान एक सानो, टर्बोफ्यान इन्जिन द्वारा संचालित छ । एयरफ्रेम र यसको अन्डरक्यारेज, उडान नियन्त्रण र एभियोनिक्स प्रणाली स्वदेशी रूपमा विकसित गरिएको थियो ।

हाई-स्पीड एक्सपेन्डेबल एरियल टार्गेट (हीट) अर्थात् अभ्यासको गत २९ जुनमा सफलतापूर्वक परीक्षण गरिएको थियो । यो डिआरडिओद्वारा चंडीपुर, ओडिशा मा एकीकृत परीक्षण दायराबाट परीक्षण गरिएको छ । यसले मिसाइललाई सीधै निशाना बनाउँछ । यो लडाई ड्रोनलाई धेरै मिसाइल प्रणालीहरूको निगरानीको लागि हवाई लक्ष्यको रूपमा पनि प्रयोग गर्न सकिने बताइएको छ ।

यो लक्ष्य पूर्ण रूपमा स्वचालित काम गर्न डिजाइन गरिएको छ । यसको मतलब यो ड्रोन पूर्ण स्वचालित प्रणालीको नियन्त्रणमा काम गर्दछ र यसलाई प्रयोग गर्न कुनै पाइलट आवश्यक पर्दैन । यो ड्रोन हावाबाट हावामा लड्न सक्षम छ ।

परीक्षण उडान समयमा यसलाई कम उचाइमा उडाइएको थियो ताकि भविष्यमा ब्रह्मोस जस्ता समुद्री स्किमिङ मिसाइलहरूको परीक्षण गर्न सकियोस् । ट्विन अन्डर-स्लङ्ग बुस्टरहरू प्रयोग गरेर परीक्षणको क्रममा हवाई वाहन लन्च गरिएको थियो । यो सानो ग्यास टर्बाइन इन्जिनद्वारा संचालित छ, जसले सबसोनिक गतिमा उडान गर्दछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै