• २०८१ बैशाख ७ शुक्रबार

अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनिन् ज्याक्सन

kharibot

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् ।

उनले गएराती राति पद तथा गोपनियताको शपथ लिएका हुन् । उनको नाम राष्ट्रपति जो बिडेनले सिफारिस गरेका थिए । सिनेटले अनुमोदनपछि शपथ लिएसँग उनी अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्याधीश बनेकी हुन् ।

अमेरिकी सर्वोच्च अदालतका वर्तमान न्यायाधीश स्टीफन ब्रेयर जुन ३० मा सेवानिवृत्त भएका छन् । ८४ वर्षीय जस्टिस ब्रेयर सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हुन् । उनलाई सन् १९९४ मा तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले मनोनयन गरेका थिए ।
जस्टिस केटोन्जी ब्राउन ५१ वर्षकी छन् । अमेरिकामा न्यायाधीशहरू जीवनभरका लागि नियुक्त हुन्छन् । त्यहाँ न्यायपालिका कन्जरभेटिभ र लिबरल क्याम्पमा विभाजित छ ।

अमेरिकाको सर्वोच्च अदालत १७८९ मा स्थापित भएको थियो । केटोन्जी सर्वोच्च अदालतका ११६ औं न्यायाधीश हुन् । उनी कोलम्बिया सर्किटबाट आएकी हुन्।

राष्ट्रपति जो बाइडेनले दुई वर्षअघि आफ्नो चुनावी अभियानमा सर्वोच्च अदालतमा योग्य अश्वेत महिला न्यायाधीश मनोनयन गर्ने वाचा गरेका थिए । त्यसबेला डोनाल्ड ट्रम्प राष्ट्रपति थिए र उनले यसलाई चुनावी नौटंकी भनेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै