• २०८१ बैशाख १४ शुक्रबार

रामचन्द्र पौडेलको प्रश्न- आयल निगम व्यापारीलाई दिन लागेको हो ?

kharibot

काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले नेपाल आयल निगमलाई व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन् ।

६४औं संसद दिवसको अवसर पारेर वरिष्ठ नेता पौडेलले अर्बौको आर्थिक चलखेल गरेर निगमलाई व्यापारीको हातमा दिन लागेको भन्दै आपत्ति जनाएका हुन् ।

नेता पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई आयल निगम व्यापारीलाई दिन लागेको हो भन्दै प्रश्न गरेका छन् ।

उनले भने- 'म सुन्दैछु, निगमलाई पनि व्यापारीको हातमा दिने चलखेल भईराखेका छन् रे । यो चलखेलको पछाडि करोड होईन, अर्ब कमाएपछि त्यो नेतालाई कसले छुन सक्छ ? त्यो आजीवन राजा हुने भईहाल्यो ।'

वरिष्ठ नेता पौडेलले किसानहरुलाई सरकारले अझै मलको व्यवस्था गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै