• २०८१ बैशाख ८ शनिबार

नेप्से ७४.९३ अंकले बढ्यो

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौं । नेप्सेमा विहिबार ७४ अंकको बृद्धि भएको छ । आज नेप्से सूचक ७४.९३ अंकले बढेर २०३७.६४ विन्दुमा पुगेको हो । विहिबार सेन्सेटिभ इन्डेक्स १२.६३ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ५.२२ र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.७१ अंकले बढेको छ ।

त्यस्तै बिहिबार २२७ कम्पनिको ७२ लाख ५४ हजार ७० कित्ता शेयर कारोबार हुदा कुल २ अर्ब ४५ करोड ८६ लाखको कारोबार भएको छ ।

आज नेपाल फाइनान्स, मैलुंग खोला जलविद्युत र न्यादी हाइड्रोको मुल्यमा सकारात्मक सर्किट लागेको छ भने आँधिखोला लघुवित्त, सीवाइसी लघुवित्तलगायत १२ कम्पनिको शेयर मुल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यसैगरी आज ग्लोबल आईएमईको डभेन्चरको शेयर मुल्य सबैभन्दा बढी ३.८९ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका कम्पनिहरुमा शिभम सिमेन्टको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज ९ करोड ९५ लाखभन्दा बढीको कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको ७ करोड ९७ लाखभन्दा बढीको कारोबार भएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै