• २०८१ बैशाख ४ मंगलबार

रिचार्लिसन टोटनह्याम जाने पक्का

kharibot

काठमाडौँ । ब्राजिलियन फरवार्ड रिचार्लिसनले एभर्टन छोडेका छन् । रिचार्लिसन एभर्टन छोडेर प्रिमियर लिग कै क्लब टोटनह्याममा जाने निश्चित भएको खेल पत्रकार फाब्रीजियो रोमानोले जानकारी दिएका छन् ।

टोटनह्यामले रिचार्लिसनका लागि ५० मिलियन पाउण्ड खर्च गरेको छ । २५ बर्षिय रिचार्लिसनले चार सिजन एभर्टनमा खेलेर छोडेका छन् । 

टोटनह्यामसँग आधिकारिक संझौता हुनुअघि रिचार्लिसनको छिट्टै मेडिकल हुने बताइएको छ । 

एभर्टनमा चार सिजनमा उनले १५२ खेलमा ५३ गोल गरेका छन् । उनी २०१८ मा प्रिमियर लिग क्लब वाटफोर्डबाट एभर्टन आएका थिए ।

रिचार्लिसनको आगमनपछि टोटनह्याममा ह्यारिकेन, सन हेंग मिनसहितको बलियो आक्रमण हुने भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै