• २०८१ बैशाख ८ शनिबार

जसपा विभाजन: उपेन्द्र र बाबुराम सहमतिमै अलग हुदै

kharibot

काठमाडौँ । जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवबीच असमझदारी बढेपछि अब दुवै अलग अलग हुने भएका हुन् ।

डा. भट्टराई र यादवबीच सहमतिमै अलग अलग हुने समझदारी बनेको बताइएको छ ।

बुधबार भएको छलफलमा भट्टराईले पार्टी एकतापछि कार्यकर्ता एक हुन नसकेको निष्कर्ष सहित दुवै अलग हुन सहमति भएको जसपाका एक नेताले बताएका छन् । दुवै नेताबीच एकले अर्कालाई कारबाही नगरी सहमतिकै आधारमा अलग हुने सहमति भएको ति नेताले खरीबोटलाई बताए । दुवै नेताबीच आउदा दिनमा मिलेर चुनावमा जाने र गठबन्धन बनाउन सकिने बारे पनि छलफल भएको बताइएको छ ।

लामो समयदेखि अध्यक्ष यादव र भट्टराईबीच पार्टी संचालनमा विवाद रहदै आएको थियो । यस क्रममा डा. भट्टराईले बहुमत कार्यकारिणी सदस्य जुटाएर अध्यक्ष यादवलाई अल्पमतमा पार्ने प्रयास समेत गरेका थिए । तर त्यसमा असफल भएपछि सहमतिमै अलग हुने निर्णयमा पुगेको बताइएको छ । 

२०७६ वैशाख २३ गते उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबीच एकता भएको थियो । दुवै पार्टीको एकतापछि संघीय समाजवादी पार्टी बनेको थियो । त्यसपछि संघीय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाखमा एकता भएर जनता समाजवादी पार्टी नेपाल बनेको थियो । महन्थ ठाकुर यस अघि नै जसपाबाट अलग भएर अलग पार्टी बनाईसकेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै