• २०८१ बैशाख ८ शनिबार

इन्टर फर्किए लुकाकु

kharibot

काठमाडौं । बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु लोनमा इन्टर मिलान फर्किएका छन् ।

गत वर्षको सरुवा बजारमा चेल्सीले लुकाकुलाई  स्टामफोर्ड ब्रिजमा भित्राउनका लागि ९७.५ मिलियन  पाउन्ड खर्चिएको थियो ।  केही महिना अघि लुकाकुले आफू स्टामफोर्ड ब्रिजमा सन्तुष्ट नरहेको भन्दै इन्टर फर्कने इच्छा व्यक्त गरेका थिए । 

इन्टरले चेल्सीबाट लुकाकुलाई क्लबमा फर्काउन ६.९ मिलियन पाउन्ड खर्चिएको बताइएको छ । 

लुकाकुको प्रेरणादायी प्रदर्शनमा इन्टरले २०२०-२१ सिजनमा इटालियन सिरी ए को उपाधि जितेको थियो । 

गत सिजन लुकाकुले चेल्सीबाटबाट पहिलो रोजाईमा कम अवसर पाएका थिए । उनले गत सिजन सबै खाले प्रतियोगिता गरि १५ गोल गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै