• २०८१ बैशाख १३ बिहीबार

अमेरिकी गायक केलीलाई यौन दुर्व्यवहारको आरोपमा ३० वर्षको जेल सजाय

kharibot

काठमाडौँ । अमेरिकी पप गायका आर केलीलाई महिला तथा बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ३० वर्षको जेल सजाय सुनाइएको छ ।

गत वर्ष सेप्टेम्बरमा, केलीलाई न्यूयोर्कको एक अदालतले आठ महिलाको तस्करीमा दोषी ठहर गरेको थियो । त्यसयता उनको सजायको बहस चलिरहेको थियो । अभियोजकहरूले उनलाई आजीवन कारावासको माग गरेका थिए ।

आफ्नो जालमा परेका महिला र बालबालिकालाई आफूले कुनै दया नगरेको उनको तर्क छ । उनले दुई दशकसम्म उनीहरूलाई उत्पीडन गरेका थिए । उनका वकिलहरूले उनी अब समाजका लागि खतरा नरहेको बताएका थिए ।

अदालतमा केलीले १९९४ मा गायिका आलियासँग १५ वर्षको उमेरमा विवाह गरेको खुलासा भएको थियो । त्यसपछि सर्टिफिकेटले उनको उमेर १८ वर्ष देखाएको थियो । पछि उनीहरुको विवाह रद्द भयो । नौ वर्षपछि आलियाको विमान दुर्घटनामा मृत्यु भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै