• २०८१ बैशाख १२ बुधबार

आज पनि देशभर वर्षाको सम्भावना

kharibot

काठमाडौं । बिहीबार बिहान मुलुकका धेरै स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो पनि धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक(दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

राति भारी वर्षा केही कम हुने आकलन गरिएको छ । यद्यपि, हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

शुक्रबार देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार पहाडी भूभागका  धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणी भूभाग नजिक रहेको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै