• २०८१ बैशाख १२ बुधबार

रोहितको अनुपस्थितिमा बुमराहले भारतीय टेस्ट टिमको कप्तानी गर्ने

kharibot

काठमाडौँ । कोरोना संक्रमणसँग लडिरहेका रोहित शर्माले जुलाई १ बाट सुरु हुने बर्मिङ्घम टेस्ट खेलमा इंग्ल्याण्डविरुद्ध नखेल्ने भएका छन् ।

उनको स्थानमा जसप्रित बुमराहले भारतीय टोलीको कप्तानी गर्ने भएका छन् । बुमराह आफ्नो करियरमा पहिलो पटक टोलीको नेतृत्व गर्न लागेका हुन् । बुधबार रोहितको कोरोना रिपोर्ट पोजेटिभ आएको छ भने उनको बिहीबार पुनः परीक्षण गरिने बताइएको छ ।

योसँगै कपिल देवपछि बुमराह भारतको पहिलो फास्ट बलर कप्तान हुनेछन् । कपिलले अन्तिम पटक सन् १९८६ सेप्टेम्बरमा टेस्ट क्रिकेटमा भारतको कप्तानी गरेका थिए । अर्थात् ३६ वर्षपछि कुनै फास्ट बलरले टेष्ट क्रिकेटमा टिमको नेतृत्व सम्हाल्नेछन् ।

यो टेस्ट खेल टीम इन्डियाको अन्तिम इङ्ल्यान्ड भ्रमणमा खेलिने थियो तर त्यसपछि ४ टेस्टपछि कोरोनाको प्रकोप देखा पर्यो र यसलाई स्थगित गर्नुपरेको थियो । अब विहिबारदेखि यो टेस्ट हुने भएको छ ।

लिस्टरशायरविरुद्धको चारदिने अभ्यास खेलका क्रममा रोहित शर्मामा संक्रमण देखिएको थियो । त्यो खेलमा उनी भारतको पहिलो इनिङ्समा पनि ब्याटिङ गर्न आएका थिए । त्यसपछि उनले २५ रन बनाएका थिए । त्यसपछि उनको रिपोर्ट पोजेटिभ आएपछि उनी खेलबाट बाहिरिए ।

रोहित शर्मा टिमका कप्तान मात्रै नभई ओपनर पनि हुन् । ईङल्याण्डमा ओपनिङ निकै चुनौतीपूर्ण छ । यस्तो अवस्थामा शुभमन गिलसँग कसले ओपनिङ गर्ने भन्ने प्रश्न उठेको छ ।

यसका लागि भारतसँग तीनवटा विकल्प छन् । पहिलो विकल्प मयंक अग्रवाल हो । रोहितलाई कोरोना संक्रमण भएपछि मयङ्क हतार हतार टोलीसँग जोडिएका छन् । अर्को विकल्प केएस भरत हो । लिस्टरशायर विरुद्धको अभ्यास खेलमा भरतले राम्रो ब्याटिङ गर्दै भारतको पहिलो इनिङ्समा ७० रन बनाएका थिए ।

चेतेश्वर पुजारा तेस्रो विकल्प हुन सक्छन् । पुजारा ३ नम्बरमा ब्याटिङ गरिरहेका छन् र ओपनिङ गर्न सक्षम छन् । पुजाराले भारतका लागि ६ पटक इनिङ्स ओपन गरिसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै