• २०८१ बैशाख ६ बिहीबार

गोर्खाज फाइनान्सको नयाँ निक्षेप योजना सार्वजनिक

kharibot

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले मंगलबार एक कार्यक्रम गरी चार वटा आकर्षक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।

गोर्खाज फाइनान्स लिमिटेडमा विशेष गोर्खाज बचत खाता खोल्दा दिर्घरोग बीमा तथा दुर्घटना बीमाको सुविधा पाउनुको साथै निःशुल्क मोबाइल बैकिङ्ग, निशुल्क एटिएम, निशुल्क डिम्याट लगायतका सुविधा पाइने छ ।

यस्तै फाइनान्सले एकको दुई र एकको तीन आकर्षक मुद्दती निक्षेप योजना समेत सार्वजनिक गरेको छ । वित्तीय संस्थामा बचत गरेको निक्षेप ५ वर्ष ९ महिनामा दोब्बर र ९ वर्षमा तेब्बर हुने वित्तीय संस्था प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले जानकारी दिए । 

हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाले आगामी दिनमा निक्षेप तथा कर्जामा थप नविनतम योजनाहरु ल्याउने र व्यापार व्यवसायको दायरा फराकिलो बनाउने उद्देश्यको साथ कार्य गरिरहेको प्रमुख कार्यकारी अधिकृत घिमिरेले बताए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै