• २०८१ बैशाख ८ शनिबार

बलिवुडका सशक्त 'भिलेन'

kharibot

काठमाडौँ । फिल्म ‘शमशेरा’को ट्रेल रिलिज भइसकेको छ । ट्रेलरमा अभिनेता सञ्जय दत्त भिलेनको चरित्रमा देखिएका छन् । पछिल्लो केही समययता सञ्जय एकपछि अर्को फिल्ममा भिलेनको भूमिकामा देखिँदै आएका छन् । सञ्जय ‘हिरो’को रुपमा जति लोकप्रिय छन्, ‘भिलेन’ चरित्रमा पनि उनको लोकप्रियताको कमी छैन । सञ्जयसँगै बलिउडमा ऋषि कपुर, नाना पाटेकरको भिलेन चरित्र उत्तिकै रुचाइएको छ । यहाँ बलिउडका केही लोकप्रिय भिलेनको बारेमा प्रस्तुत गरिएको छ ।

सञ्जय दत्त

‘मुन्ना भाइ’, ‘रकी’, ‘साजन’, ‘सडक’ जस्ता फिल्ममा अभिनय गरेका सञ्जय भिलेन चरित्रमा पनि उत्तिकै फिट छन् । सञ्जयको हालै रिलिज फिल्म ‘केजीएफ च्याप्टर २’मा उनको भिलेन अभिनयले सबैको ध्यान तान्यो । यसअघि फिल्म ‘अग्निपथ’ र ‘खलनायक’ जस्ता फिल्ममा उनको भिलेन चरित्र उत्तिकै लोकप्रिय थियो । सञ्जय फिल्म ‘शमशेरा’मा शुद्ध सिंह नामको भिलेन चरित्रमा देखिँदैछन् ।

नाना पाटेकर

आफ्नो दमदार अभिनयका कारण दर्शकको मनमा बस्न सफल बलिउड अभिनेता नाना पाटेकरले बलिउडमा कैयौं राम्रा फिल्ममा अभिनय गरेका छन् । चाहे ‘वेलकम’को उदय भाइ होस् या ‘अपहरण’को तबरेज भाइ, नाना हरेक चरित्रमा आफूलाई ढाल्छन् । फिल्म ‘अंगार’मा उनले जब माजिदको भूमिका निभाए, उनले यो भूमिकाबाट बेस्ट भिलेनको फिल्म फेयर अवार्ड नै जिते । उनले फिल्म ‘शक्ति’, ‘परिन्दा’जस्ता फिल्ममा भिलेनको भूमिकामा अभिनय गरेका छन् ।

मिथुन चक्रवर्ती

‘मर्द’, ‘डिस्को डान्सर’, ‘जंग’ र ‘इलाका’जस्ता फिल्ममा सशक्त अभिनय गरेका मिथुनले फिल्म ‘जल्लाद’मा विजयबहादुर कुँवरको भूमिकामा पनि उत्तिकै कला देखाए । यो फिल्मका लागि उनले भिलेन चरित्रमा अवार्ड नै जिते । यसबाहेक उनले कैयौं फिल्ममा भिलेनको भूमिकामा अभिनय गरेका छन् । सन् २०१२ मा रिलिज फिल्म ‘ओह माइ गड’मा मिथुनले भिलेनकै भूमिका निर्वाह गरेका थिए ।

सोनु सुद

सोनु साउथ फिल्म उद्योगको लोकप्रिय नाम हो । बलिउडमा उनी प्रायः सहायका भूमिका या भिलेनको भूमिकामा देखिन्छन् । उनले फिल्म ‘दबंग’, ‘आर. राजकुमार’ र ‘सिम्बा’ मा भिलेनको भूमिकामा अभिनय गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै