• २०७९ श्रावण २७ शुक्रबार

बुढीगंगामा पुनः मतदान रोक्न गरिएको मागमा सर्वोच्चले अन्तरिम आदेश दिएन

kharibot

काठमाडौं । सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बाजुराको बुढीगंगाका दलबहादुर सावदले यसअघि मतदान भएको मतपेटिकाबाट मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

बिवाद देखिएपछि निर्वाचन आयोगले असार २३ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो जसका विरुद्ध निर्वाचन आयोगमा रिट दायर भएको थियो । तर, अदालतले भने पुनःमतदान रोक्ने विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासको आदेशसँगै बुढीगंगामा असार २३ गते निर्वाचनका लागि बाटो खुलेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय