• २०८१ बैशाख १३ बिहीबार

कञ्चनपुरको स्थानीय नहरमा मृत फेला

kharibot

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका– ७ का ५५ वर्षीय लवदेव जोशी आज स्थानीय नहरमा मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जोशी मृतावस्थामा महाकाली सिँचाइको नहरमा भेटिएको बताए ।

“अहिले महाकाली प्रादेशिक अस्पतालमा शव परीक्षणका लागि राखिएको छ”, प्रहरी निरीक्षक बमले भने, “घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ ।”

मृतकका आफन्तले दिएको जानकारीअनुसार जोशी सोमबार साँझदेखि घर फर्किएका थिएनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै