• २०८१ बैशाख ११ मंगलबार

नेप्सेमा दोहोरो अंकको गिरावट

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौं । नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । आज नेप्से सूचक ११.८२ अंकले घटेर १९२१.३१ विन्दुमा पुगेको हो । मंगलबार सेन्सेटिभ इन्डेक्स ३.२२ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.७५ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०१ अंकले घटेको छ ।

त्यस्तै मंगलबार २३० कम्पनिको ३० लाख ३७ हजार ६८० कित्ता शेयर कारोबार हुदा कुल एक अर्ब ५ करोड ८२ लाखको कारोबार भएको छ ।

आज सीवाइसी लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने उन्नति सहकार्य लघुवित्तको शेयर मुल्य ७.७४ प्रतिशतले बढेको छ ।

त्यसैगरी आज लक्ष्मी इक्विटी फन्डको शेयर मुल्य सबैभन्दा बढी ५.७३ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका कम्पनिहरुमा एशियन लाइफ इन्सुरेन्सको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज ७ करोड ३१ लाखभन्दा बढीको कारोबार भएको छ भने लाइफ इन्सुरेन्स कर्पोरेसनको ५ करोडभन्दा बढीको कारोबार भएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै