• २०८१ बैशाख ७ शुक्रबार

पूर्व वडाअध्यक्षलाई पक्राउ गर्न अदालतको आदेश

kharibot

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले काठमाडौँ महानगरपालिका वडा  ४ का पूर्व वडा अध्यक्ष मोहन बहादुर विष्टलाई सरकारी लिखत किर्ते मुद्दामा पक्राउ गर्न नेपाल प्रहरीको महाराजगंज प्रहरी वृत्तलाई आदेश दिएको छ । 

पूर्व वडा अध्यक्ष विष्टले चिज कुमारी लिम्बू लगायतका जेष्ठ नागरिकको बृद्धभत्ता किर्तेगरी खाएको अभियोगमा परेको मुद्दामा सो आदेश भएको हो । किर्ते गरी वृद्धको वृद्धभत्ता हजम गरेको जाहेरी दरखास्तका आधारमा काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर भएपछि पक्राउ पूर्जी जारी भएको हो । 

काठमाडौँ जिल्ला अदातलले सोही मुद्दामा दिनेश महर्जन र धु्रवबहादुर त्रिपाठीलाई समेत पक्राउ गरी पेश गर्न आदेश दिएको छ । 

असार २ गते दायर भएको अभियोगपत्रमा सरकारी वकिल कार्यालयले पूर्व वडाअध्यक्ष लगायतका व्यक्तिहरु फरारी रहेको जनाई उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी हुनुपर्ने माग गरेकाले जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको अदालत स्रोत बताएको छ । 

चलानी नम्बर ३८५४८ असार ६ मा जारी भएको काठमाडौँ जिल्ला अदालतको पत्रअनुसार तत्कालै उनीहरुलाई पक्राउ गरी प्रहरीले पेश गरेमा तत्कालै मुद्दाको कारबाही अघि बढ्ने पनि अदालत सम्बद्ध श्रोतले जानकारी दियो । 

मुलुकी अपराध संहिता २०७४ को दफा २७६ ले सरकारी कागजात किर्ते गर्ने व्यक्तिलाई सातबर्षसम्म कैद वा सत्तरी हजार रुपैयां जरिवाना हुने व्यवस्था छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै