• २०८१ बैशाख ८ शनिबार

अवरुद्ध नारायणगढ–मुग्लिन सकड दुईतर्फी सञ्चालन

kharibot

फाइल तस्बीर

मुग्लिन । वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहाज २: ४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो । 

लेदो हटाएर आज बिहान ५: १० बजे दुइतर्फी पुनः सञ्चालन गरिएको सडकमा पुन ६: १० बजे लेदो झरेपछि एकतर्फी भएको थियो । अहिले ६: ३० बजेदेखि लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै