• २०८१ बैशाख ६ बिहीबार

बागमती प्रदेशको विनियोजित विधेयक, २०७९ स्वीकृत

kharibot

बागमती । बागमती प्रदेशसभाको आज दिउँसो बसेको  बैठकले विनियोजन विधेयक, २०७९ लाई सर्वसम्मतले स्वीकृत गरेको छ ।

बैठकमा प्रदेश सरकारका आर्थिक मामिला  तथा योजनामन्त्री शालिकराम जमरकट्टेललाई बैठकमा विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

मन्त्री कट्टेलले प्रदेशसभा बैठकमा पेश गरेको सो प्रस्तावको विपक्षमा सांसद नदेखिएपछि सभामुख सानुकुमार श्रेष्ठले उक्त विधेयक सर्वसम्मतले स्वीकृत भएको घोषणा गरे । आजको बैठकमा मन्त्री जमरकट्टेलले आगामी आव २०७९/०८० का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि विपक्षी दलले उठाएको प्रश्नहरुको जवाफ दिएका थिए । 

उनले बजेट निमार्णका क्रममा केही कमीकमजोरी भएकाले त्यसलाई सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

बैठकमा नेकपा (एमाले)का प्रदेशसभा सदस्य  दीपक निरौला र  विवेकशील साझा पार्टीका प्रदेशसभा सदस्य रमेश पौड्यालले बजेट विनियोजनका सम्बन्धमा रहेका कमीकमजोरीबारे आआफ्नो गुनासो राखेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै