• २०८१ बैशाख १३ बिहीबार

अनामनगरस्थित सत्यसाई मोटर्सले शुरु गर्यो टिभिएस अपाचेको नयाँ मोडलको बिक्री

kharibot

काठमाडौं । काठमाडौंको अनामनगर रहेको सत्यसाई मोटर्स प्रालिले आजदेखि टिभिएस अपाचे आरटिआर १६० ४-भी आरटिएफआईको औपचारिक बिक्री सुरू गरेको छ । आजबाट नयाँ मोडलको बाइकको आधिकारिक बिक्री सुरू गरेको हो ।

आपचे, आरटिआर १६०-४ भि बिएस-६ एफ आई मोडेल रहेको यस बाइकको विशेषताले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित बनाउनेछ ।

यसैगरी, यस बाइकको अर्को सशक्त पक्ष भनेको रेस ट्युन्ड फ्युल इनजेक्सन (आरटिएफआई) टेक्नोलोजी युक्त बिएस-६ कम्प्लायन्ट इन्जिन हो ।

अटोमोबाइल जगतमा आरटिएफआई टेक्नोलोजिलाई निकै उत्कृष्ट मानिन्छ । यसैगरी बिएस-६ कम्प्लायन्ट इन्जिन सहितको अपाचे आरटिआर नेपाली बाइक प्रेमीले धेरै पहिलादेखि नै प्रतिक्षा गरिरहेको बाइक हो ।

यस आरटिएफआई टेक्नोलोजीयुक्त इनजिनले माइलेजमा वृद्धि गर्छ भने बिएस-६ कम्प्लायन्ट इन्जिन वातावरण मैत्री हुन्छ । यसले टिभिएसको रेसिङ डिएनएको इतिहासलाई थप नयाँ उचाइमा पुर्‍याएको छ ।  

बाइकमा स्मार्ट कनेक्सन सुविधा पनि दिइएको छ, जसको सहायताले बाइकमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिङ, लिन एंगल मोड, साथै कल र एसएमएस अलर्ट जस्ता आधुनिक सेवा जडान गरिएको छ ।

सत्यसाई मोटर्सले नयाँ बाइकको सुरुवाती मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ । जसमा खरिदकर्ताले अहिलेको नयाँ योजना अन्तरगत दश हजार सम्म क्यास ब्याक पाउनुको साथै हेल्मेट,सिट कभर लागएत ८ पटक सम्म निशुल्क सर्भिसिङ पाउनेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै