• २०८१ बैशाख ७ शुक्रबार

पाकिस्तानमा अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्यामा वृद्धि

kharibot

इस्लामावाद । पाकिस्तानमा कोरोना भाइरसबाट सङ्क्रमित भइ अस्पताल भर्ना हुनेहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ ।

नयाँ सङ्क्रमितको सङ्ख्या भने तीन प्रतिशत मात्रै देखिएको सरकारी स्वास्थ्य अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 

राष्ट्रिय स्वास्थ्य संस्था (एनआइएच) इस्लामावादले पछिल्लो २४ घण्टामा देशभर ३८२ जना नयाँ सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गरेको छ । 

सोही अवधिमा कुल १३ हजार ४१२ जनाको कोरोना परीक्षण गरिएको थियो । पाकिस्तानमा अहिले चार हजार ६३२ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।

ती मध्ये ८७ जनालाई अति सघन कक्षमा राखेर उपचार भइरहेको छ । 

सरकारी अधिकारीहरुका अनुसार पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म ३० हजार ३९० जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा अहिलेसम्म ८५ प्रतिशतलाई कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा दिइसकिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै