• २०८१ बैशाख ७ शुक्रबार

अफगानिस्तानको नुरिस्तान प्रान्तका ७० प्रतिशत विद्यालयमा भवन अभाव

kharibot

काबुल । अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तका ७० प्रतिशतभन्दा बढी विद्यालयमा भवनको अभाव रहेको पाइएको छ ।

ती विद्यालयहरुमा भवनको आवश्यकता रहेकाले तत्काल त्यसको व्यवस्था गर्न पनि सरोकारवालाहरुले सुझाव दिएका छन् । 

“यस प्रान्तमा २१४ ओटा विद्यालय रहेका छन्, तिनीहरुमा ६० ओटा मात्रै भवन रहेको छ,” प्रान्तीय शिक्षा निर्देशक मावलावी ताज मुत्माइनले भने ।

भवनको अभावका कारणले हजारौँ विद्यार्थी विद्यालय भवन विना नै अध्ययन गर्न वाध्य भएका छन् ।

उनीहरुलाई विद्यालयमा पठन पाठनका लागि समस्या भएकाले तत्काल विद्यालय भवनहरु बनाउनु पर्ने खाँचो रहेको उनले बताए । 

औपचारिक तथ्याङ्कअनुसार यस प्रान्तमा ३६ हजारभन्दा बढी विद्यार्थी रहेका छन् ।

लामो समय द्वन्द्वमा परेको मुलुक अहिले तालिबान सरकार बनेपछि शान्तिस्थापनासँगै विकास निर्माण तर्फ चासो बढ्न थालेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै