• २०८१ बैशाख १२ बुधबार

नेप्सेमा फेरी गिरावट, आज २३.८५ अंकले घट्यो

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौं । आइतबार करिब ९५ अंकले बढेको नेप्से सोमबार भने घटेको छ । आज नेप्से सूचक २३.८५ अंकले घटेर १९३३.१३ विन्दुमा पुगेको हो ।

सोमबार सेन्सेटिभ इन्डेक्स ७.०२ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.९२ र सेन्सेटिभ फ्लोट इन्डेक्स २.६४ अंकले घटेको छ ।

त्यस्तै आइतबार २२९ कम्पनिको ५६ लाख ४१ हजार ५४० कित्ता शेयर कारोबार हुदा कुल २ अर्ब ४ करोड ४८ लाखको कारोबार भएको छ ।

आज नेसीवाइसी लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने न्यादी हाइड्रोको ९.९६ प्रतिशतले बढेको छ । 

त्यसैगरी आज उन्ने सहकार्य लघुवित्तको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज कारोबार भएका कम्पनिहरुमा नागरिक लगानी कोषको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज १५ करोड ६५ लाखभन्दा बढीको कारोबार भएको छ भने  हिमालयन डिष्ट्रीलरीको ९ करोडभन्दा बढीको कारोबार भएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै