• २०८१ बैशाख ७ शुक्रबार

एमालेभन्दा डेढ लाख मत बढी ल्यायाैँ- कांग्रेस उपसभापति खड्का

kharibot

सुर्खेत  । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचनमा नेकपा एमालेको भन्दा एक लाख ५० हजार मत बढी ल्याएको बताएका छन् ।

सुर्खेतमा आइतबार जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले एमालेले भन्दा डेढ लाख बढी मत ल्याएको बताएका हुन् ।

‘हामीलाई जनताले लोकप्रिय मत दिएका छन् ।’ उपसभापति खड्काले भने,‘तपाईले जनताका पक्षमा काम गर्नुहोस् ।’ उपसभापति खड्काले पार्टी भित्रको कुन्ठाका कारणले केही ठाउँमा पराजित भएको उनकाे भनाइ छ । ‘हामी देशभरका चार सयभन्दा बढी स्थानीय तहमा जित्ने थियौं ।’ उनले भने, ‘तर, केही साथीको कुन्ठका कारणले हलो र सूर्यमा मत दिएर हार्नुपर्‍याे । उहाँहरूले पार्टीको निर्णय कार्यान्वयन गर्नुभएन् ।’

पार्टीको कुनै पनि व्यक्ति, पार्टी, संस्था बिमति भए पनि पार्टीमा बसेर छलफल गर्ने बानी बसाल्न आवश्यक रहेको उनले बताए । ‘हामी अरुका गल्ती मात्र देख्छौं ।’ उनले भने,‘व्यक्तिगत विवाद समीक्षा गर्न आवश्यक छ ।’

‘सभापति देउवासँग केही व्यक्तिको विवाद होला । मसँग पनि केही व्यक्तिको विवाद होला ।’ उनले भने, ‘तर, पार्टीमा जीवन लगानी गरेका साथीहरूले अरुलाई मतदान गर्नु भए नी ?’

उपसभापति खड्का उपस्थित कार्यक्रममा संस्थापन इतर कांग्रेसले बहिष्कार गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै