• २०८१ बैशाख ७ शुक्रबार

नेप्सेमा हरियाली: करिब ९५ अंकले बढ्यो

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्सेमा हरियाली आएको छ । आज नेप्से सूचक ९४.९२ अंकले बढेर १९५६.९८ विन्दुमा पुगेको हो ।

आइतबार सेन्सेटिभ इन्डेक्स १७.९३ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ६.६५ र सेन्सेटिभ फ्लोट इन्डेक्स ६.६६ अंकले बढेको छ ।

त्यस्तै आइतबार २३० कम्पनिको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर कारोबार हुदा कुल २ अर्ब १९ करोड ६१ लाखको कारोबार भएको छ ।

आज नेशनल हाइड्रो, नागरिक लगानी कोष, हिमालयन डिष्ट्रीलरीसहित २१ कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । 

त्यसैगरी आज नेपाल इन्भेस्टमेन्ट बैंकको डिभेन्चर २०८४ मा सबै भन्दा बढी २.१६ प्रतिशतको गिरावट आएको छ ।  

आज कारोबार भएका कम्पनिहरुमा कुमारी बैंकको शेयरको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज ८ करोड ६४भन्दा बढीको कारोबार भएको छ भने  हिमालयन डिष्ट्रीलरीको ८ करोड ३७ भन्दा बढीको कारोबार भएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै