• २०८१ बैशाख ८ शनिबार

ललितपुर महानगरमा पानीपुरी बेच्न रोक

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । ललितपुर महानगरपालिकाले पालिकाभित्र ठेला गाडामा पानीपुरी बेच्न रोक लगाएको छ ।

महानगरप्रमुख चिरीबाबु महर्जनले पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा देखिएपछि ठेला गाडामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् ।

ललितपुर महानगरका नगर प्रहरीहरुले ठेला गाडामा पानीपुरी विक्री गर्नेहरुलाई महानगरबाट हटाएका छन् । नगरप्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार महानगरले अर्को निर्णय नगरेसम्म अब महानगरभित्र ठेला गाडामा पानीपुरी बिक्री गर्न पाइने छैन । यो निर्णय सोमबार देखि लागु हुने महानगरले बताएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै