• २०८१ बैशाख ११ मंगलबार

क्यानडाविरुद्ध खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

kharibot

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडाविरुद्ध हुने सिरिजका लागि १४ सदस्यीय टिमको घोषणा गरेको छ ।

क्यानले सन्दीप लामिछानेको कप्तानीमा क्यानडाविरुद्ध खेल्ने टिमको घोषणा गरेको हो । क्यानडाविरुद्ध खेल्ने नेपाली टिम: सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, देव खनाल, दिपेन्द्र सिंह ऐरी, आरिफ सेख, करण केसी, सोमपाल कामी, आदील अन्सारी, बशीर अहमद, किशोर महतो, पवन सराफ, विनोद भण्डारी ।

नेपालले क्यानडाविरुद्ध दुई एकदिवसीय खेल खेल्दै छ भने एक अभ्यास खेल ओनटारियोविरुद्ध खेल्ने छ । नेपालले अभ्यास खेल जुलाई १ मा खेल्दै छ भने क्यानडाविरुद्धको पहिलो एकदिवसीय खेल जुलाई ४ मा र दोस्रो खेल जुलाई ५ मा हुदै छ । 

यहि टिमले नेपालसहित स्कटल्याण्ड र नामिबियाविरुद्धको विश्वकप डिभिजन -२ लिगको त्रिकोणीय सिरिज पनि खेल्ने छ । यो सिरिज जुलाई १० देखि १७ जुलाईसम्म हुने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै