• २०८१ बैशाख ८ शनिबार

मातृभूमिप्रति समर्पित गीतको लोकार्पण

kharibot

मोरङ । विदेशमा बसोबास गरे पनि मातृभूमि तथा जन्मभूमिप्रति समर्पित रहँदै गीतमार्फत विराटनगरको महिमा वर्णन गर्दै आज एक नेपाली गीतको लोकार्पण गरिएको छ ।

बेल्जियममा बसोबास गर्ने नेपाली चलचित्रका नायक धीरज सापकोटा र अनमोल मुरारी (पौडेल)द्वारा रचित एवं गायन गरिएको ‘वर्षौँ पछि’ नामक गीतको युट्युबमार्फत लोकार्पण गरिएको छ ।

गीतमा विराटनगर सहर र यसका विशेषता सम्बन्धमा जानकारीमूलक सन्देश प्रवाह गरिएको छ । उक्त गीतबाट हुने आम्दानीलाई गरिब, असहायमा खर्च गरिने बेल्जियमबाट गायक सापकोटाले अनलाइनमार्फत जानकारी दिए । अर्का गायक मुरारीले आगामी दिन यस सहर तथा प्रदेशप्रति समर्पित रहने अन्य गीत ल्याउने जानकारी दिए ।

उक्त गीतको नेपाली चलचित्रका कलाकार नायक पुष्प श्रेष्ठ, चलचित्रका गायक रमा मण्डल, वडा नं १० का वडाध्यक्ष अर्जुन गिरी र नाट्यकर्मी भरत गुरागाईँले संयुक्तरूपमा लोकार्पण गरे । सो अवसरमा कलाकार श्रेष्ठ, गायक मण्डल, गिरी र गुरागाईँले यस क्षेत्रमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गराउन हामी सबैको ध्यान जार्नुपर्ने आवश्यकता औँल्याए ।

कलाकार सापकोटाले अग्निपथ नामक नेपाली चलचित्रमा नायकका रूपमा भूमिका निर्वाह गरिसकेका थिए भने अर्का गायक मुरारीले पाँच सयभन्दा बढी गीत गाउनाका साथै टेलिसिरियल, कविता, उपन्यास प्रकाशन गरेका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै