• २०८१ बैशाख ५ बुधबार

बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षति

kharibot

सिन्धुपाल्चोक । गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ ।

बाढीको त्रासले मध्यरातमा  हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए । राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु–२ का प्रभा भण्डारीले बताए । 

गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो । अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताउनुभयो । यसबाट  ६ वडाका नागरिक प्रभावित भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै