ग्रीसमा कोभिडविरूद्धको दोस्रो बुस्टर खोप लगाउने तयारी
सिन्ह्वा
२०७९ असार १० शुक्रबार
एथेन्स,ग्रीस । ग्रीसले अर्को हप्तादेखि ३० वर्ष र त्यसभन्दा माथिका मानिसहरूलाई दोस्रो कोभिड–१९ विरूद्धको दोस्रो अतिरिक्त (बुस्टर) खोप लगाउने तयारी गरेको छ ।
सरकारले यसका लागि सम्बन्धित स्वास्थ्य निकायमा स्वीकृतिका लागि प्रस्ताव राखेको छ ।
ग्रीकको राष्ट्रिय समाचार संस्था (एएमएनए)का अनुसार, देशका खोप अधिकारीहरूले ६० वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरूले दोस्रो बुस्टर खोप लगाउनुपर्नेमा जोड दिएपछि सरकारले यसबारे प्रस्ताव अघि बढाएको हो ।
यस वर्षको अप्रिलदेखि नै उक्त उमेर समूहका लागि खोपहरू उपलब्ध रहेको सरकारले बताएको छ ।
जून महिनामा दैनिक थप संक्रमितहरूको सङ्ख्या बढ्दै गएपछि सरकारले दोस्रो अतिरिक्त खोपको तयारी गरेको हो ।
बिहीबारको तथ्याङ्कमा ग्रीसले पछिल्लो २४ घण्टामा १० हजार ४७४ थप व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि गरेको थियो भने यो अवधिमा थप १७ जनाको मृत्यु भएको थियो । देशभर ८८ जनालाई भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।