• २०८१ बैशाख ८ शनिबार

अमेरिकी पौडी खेलाडी पानीमा बेहोस, प्रशिक्षकले यसरी बचाइन्

kharibot

काठमाडौँ । अमेरिकी पौडी खेलाडी अनिता अल्भारेज विश्व पौडी च्याम्पियनसिपको व्यक्तिगत प्रतियोगिताको क्रममा अचानक बेहोस भएको घटना अहिले चर्चामा रहेको छ । उनी स्विमिङ पुलमा डुबिरहेको देखेपछि प्रशिक्षक एन्ड्रिया फुएन्टेसले पानीमा हाम फालेर उनको ज्यान बचाएकी छन् ।

प्रशिक्षक फुएन्टेसले सुरक्षा गार्डको समेत बाटो नहेरी आफै पुलमा गएर अल्भारेजलाई बाहिर निकालेकी थिइन् । प्रशिक्षक एन्ड्रिया स्वयं लयबद्ध पौडी खेल्ने चार पटकको ओलम्पिक च्याम्पियन हुन् । अल्भारेजलाई पोखरीबाट बाहिर निकाल्दा उनको सास फेरिरहेकी थिइनन् । उनलाई तत्कालै प्राथमिक उपचार गरी स्ट्रेचरमा राखेर मेडिकल सेन्टर लगिएको थियो ।

स्पेनकी एन्ड्रियाले भनिन् कि म सेक्युरिटी गार्डलाई चिच्याइरहेको थिएँ तर मेरो कुरा कसैले बुझेनन् । मैले पनि त्यसलाई हेरेँ र ओलम्पिकको फाइनल जस्तै हाम फालें ।

प्रशिक्षकले भने, ‘अति मिहिनेतका कारण अनिता बेहोस भएकी हुन् । उनको फोक्सो पानीले भरिएको थियो तर एक पटक उनले सास फेरेपछि सबै ठीक भयो। अमेरिकी टोलीले पनि आफ्ना खेलाडीहरू ठिक रहेको आश्वस्त गरेको छ, यद्यपि २५ वर्षीया अनिताले शुक्रबार अन्य इभेन्टमा भाग लिने कि नदिने भन्ने निर्णय चिकित्सकहरूले गर्नेछन् ।

एन्ड्रिया फुएन्टेसले भनिन्- 'म पानीमा हाम फालेँ किनभने कुनै सुरक्षा गार्डले त्यसो गरिरहेको देखिँन । म अलिकति डराएको थिएँ किनभने उनी सास फेर्दै थिइनन् । उनी अहिले ठीक छिन्, उनलाई आरामको आवश्यकता छ ।'

दोस्रो पटक जोगियो अल्भारेजको ज्यान 

पुलमा अल्भारेजको ज्यान जोगिएको यो दोस्रो पटक हो । गत वर्ष, ओलम्पिक छनोट कार्यक्रमको क्रममा, उनी पौंडी पोखरीमा हाम फालेकी थिइन् र बेहोस भएकी थिइन् । अल्भारेजकी आमा करेनले भनिन्- 'दुर्भाग्यवश, मैले यो दोस्रो पटक आफ्नो आँखा अगाडि देखिरहेको छु ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै