• २०८१ बैशाख ८ शनिबार

अश्मिनाले ५ विकेट लिएपछि युएई ८१ रनमा समेटियो

kharibot

काठमाडौं । एसिसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलमा युएईले नेपाललाई  ८२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको युएईले १९.५ ओभरमा अलआउट हुदै ८१ रन बनाएको हो ।

नेपालका लागि अश्मिना कर्माचार्यले ३.५ ओभरमा १० रन दिएर ५ विकेट लिएकी थिइन् ।

खेलमा नेपालले टस जितेर युएईलाई पहिला ब्याटिंगका लागि बोलाएको थियो । 

बिहान ८: १५ मा सुरु हुने तालिका रहे पनि वर्षाका कारण खेल आधा घण्टा ढिलो सुरु भएको हो ।

नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर हुनेछ ।  प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन् । 

नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ । नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो ।  

युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइलन पुग्ने लक्ष्यमा छ । जारी प्रतियोगितामा युएई लयमा देखिएको छ । समूह ए मा युएईले चार खेलबाट ७ अंक बनाउँदै शीर्षस्थानमा रहेर नेपालसँगको भेट पक्का गरेको थियो । 

यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो । यस्तै, दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि खेल्नेछन् । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुबै टोली एसिया कपमा छनोट हुनेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै