• २०८१ बैशाख ११ मंगलबार

यस्तो हुने छ आइफोन १४ मा ब्याट्री

kharibot

काठमाडौँ । एप्पलले आफ्नो नयाँ आईफोन १४ लन्च गर्ने तयारी गरिरहेको छ । आइफोन १४ को बारेमा धेरै कुरा इन्टरनेट लिक भइरहेका छन् ।

एप्पलले आइफोन १४ यस वर्ष सेप्टेम्बरमा लन्च गर्ने तयारी गरेको छ । लन्च मिति नजिकिँदै गर्दा, आइफोन १४ सँग सम्बन्धित हरेक जानकारी इन्टरनेटमा बहसमा रहेका छन् । अब आइफोन १४ को ब्याट्रीको बारेमा ठूलो जानकारी बाहिर आएको छ । जानकारीका अनुसार आइफोन १४ म्याक्समा सबैभन्दा ठूलो ब्याट्री हुन सक्छ । जबकि आइफोन १४ प्रो मा सबैभन्दा सानो ब्याट्री हुनेछ ।

आइफोन १४, आइफोन १४ म्याक्स, आइफोन १४ प्रो र आइफोन १४ मरो म्याक्सलाई आइफोन १४ सिरिजमा लन्च गरिने छ । आगामी आइफोन १४ मा धेरै परिवर्तनहरू हुनेछन् । यसमा डिजाइन देखि स्पेसिफिकेसनसम्म सबै परिवर्तन हुनेछ । आइफोन १४ म्याक्सले अहिलेको लागि आइफोन १३ मिनीलाई प्रतिस्थापन गर्नेछ । स्मरण रहोस्, एप्पलले यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन ।

आईफोन १४ को बारेमा लिक भएको जानकारी अनुसार आइफोन १४ र आइफोन १४ प्रो मा सबैभन्दा सानो ब्याट्री छ । आइफोन १४ प्रो मा ३२०० एमएएच ब्याट्री हुनेछ । जबकि आइफोन १४ मा ३२७९ एमएएच ब्याट्री हुनेछ । त्यस्तै आइफोन १४  प्रो म्याक्सले ४३२३ एमएएच र आइफोन १४ म्याक्सले ४३२५ एमएएच ब्याट्री पाउनेछ ।

आइफोन १३ को तुलनामा, एप्पलले आइफोन १४ को ब्याट्रीमा धेरै सुधार गर्नेछ । आइफोन १३ मा ३२२७ एमएएच ब्याट्री छ भने आइफोन १३ प्रो मा ३०९५ एमएएच ब्याट्री छ । एप्पलले आइफोन १३ प्रो म्याक्समा ४३२५ एमएएच ब्याट्री दिएको छ । तर, बिचमा आइफोन १४ को प्यानल आपूर्ति नहुँदा यसको उत्पादन ढिलो सुरु हुन सक्ने खबर आएको थियो ।

यद्यपी यसबारे कम्पनीले केही जानकारी दिएको छैन । यस्तो अवस्थामा आइफोन १४ समयमै लन्च हुने अनुमान गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै