• २०८१ बैशाख ७ शुक्रबार

नेप्सेमा ४५ अंकको गिरावट

kharibot

काठमाडौं । विहिबार पनि नेप्सेमा गिरावट आएको छ । आज नेप्से सूचक ४५.२५ अंकले घटेर १४४८.२८ विन्दुमा पुगेको हो ।  बुधबार सेन्सेटिभ इन्डेक्स ७.०६ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ३.३१ र सेन्सेटिभ फ्लोट इन्डेक्स २. ८६ अंकले घटेको छ ।

त्यस्तै बुधबार २३७ कम्पनिको ५० लाख ८ हजार ७७१कित्ता शेयर कारोबार हुदा कुल एक अर्ब ४९ करोड ९७ लाखको कारोबार भएको छ ।

आज आधिखोला लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने सीवाइसी लघुवित्तको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । 

त्यसैगरी आज शिवश्री हाइड्रो कम्पनिको शेयर मुल्य सबैभन्दा बढी ९.५६ प्रतिशतले घटेको छ भने लिबर्टी इनर्जीको शेयर मुल्य ९.२१ प्रतिशतले घटेको छ ।  

आज कारोबार भएका कम्पनिहरुमा कुमारी बैंकको शेयरको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज ९ करोडभन्दा बढीको कारोबार भएको छ भने लक्ष्मी बैंकको ६ करोडभन्दा बढीको कारोबार भएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै