• २०८१ बैशाख ६ बिहीबार

अफगानिस्तानमा लगातार दोस्रो दिन भूकम्पको धक्का महसुस

kharibot

काठमाडौँ । अफगानिस्तानमा लगातार दोस्रो दिन भूकम्पको धक्का महसुस भएको छ । अफगानिस्तानका केही क्षेत्रमा बिहीबार बिहान ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । यद्यपी यसबाट हालसम्म कुनै पनि जनधनको क्षति भएको छैन ।

भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको फैजाबादबाट ७६ किलोमिटर टाढा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बुधबार पूर्वी अफगानिस्तानमा गएको भूकम्पमा परी एक हजार जनाको मृत्यु भएको थियो भने १५ सयभन्दा बढी घाइते भएका थिए ।

करिब ४ करोड वर्ष पहिले भारतीय उपमहाद्वीप युरेशियन प्लेटसँग ठोक्किएको थियो । जसका कारण हिमालय पर्वत बनेको हो । आज पनि यो हिमाल हरेक वर्ष एक सेन्टिमिटर अग्लो हुँदै आएको छ । यही आन्दोलनका कारण यहाँ प्रायः भूकम्प जाने विज्ञहरुले बताउदै आएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै