• २०८१ बैशाख ७ शुक्रबार

मानले गरे बायर्नसँग तीन वर्षको सम्झौता

kharibot

काठमाडौं  । जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखले इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका प्रभावशाली फरवार्ड साडियो मानेलाई तीन वर्षको लागि अनुबन्ध गरेको छ । 

३० वर्षीय सेनेगलका फरवार्ड ३५ मिलियन युरोमा जर्मन महारथि बायर्न पुगेका हुन् । मानेले लिभरपुलमा आफ्नो अन्तिम सिजन लिग कप र एफए कपको उपाधि जितेका थिए । यूईएफए च्याम्पियन्स लिगमा भने लिभरपुल उपविजेता बनेको थियो । 

यस्तै, मानेको प्रभावशाली प्रदर्शनमा सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो । मानेले आफूले एनफिल्ड छोडे पनि सधैँ लिभरपुलको समर्थक रहिरहने प्रतिक्रिया दिएका छन् ।

यस्तै, उनले नयाँ चुनौती सामना गर्न आफू तयार रहेको बताए ।  ‘म बायर्नमा आउँदा निकै खुसी छु’, मानेले पहिलो प्रतिक्रिय दिएका छन् । 

‘मलाई बायर्नले मात्र नभई अन्य ठूला क्लबले समेत अनुबन्धन गर्ने इच्छा व्यक्त गरेका थिए । मैले बायर्न नै रोजे । म नयाँ चुनौतीको सामना गर्न तयार छु । म बायर्न आए भन्दैमा लिभरपुलको खेल हेर्न छुटाउँदिन किनभने म सधैँ लिभरपुलको नम्बर एक समर्थक हुँ,’ उनले भने । 

माने सन् २०१६ मा साउथहमटनबाट लिभरपुल भित्रिएका थिए । उनले लिभरपुलबाट २६९ गोलमा १२० गोल गरेका छन् । यस्तै ६ उपाधि जितेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै