काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलको समीकरण पुरा भएको छ । बुधबार समुह चरणका खेलहरु सकिएपछि सेमिफाइनलमा खेल्ने चार देशको टुंगो लागेको छ ।
समुह ए बाट युएई ४ खेलमा ७ अंकसहित पहिलो हुदै सेमिफाइनलमा पुगेको छ भने आयोजक मलेसिया ४ खेलमा ६ अंकसहित दोस्रो हुदै सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै समुह बी बाट हङकङ ४ खेलमा ८ अंकसहित पहिलो हुदै सेमिफाइनलमा पुगेको छ भने नेपाल ४ खेलमा ६ अंकसहित दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ ।
अब सेमिफाइनलमा नेपालले युएईको सामना गर्ने भएको छ भने आयोजक मलेसियाले हङकङसँग खेल्ने भएको छ ।
सेमिफाइनलका दुवै खेल शुक्रबार हुदै छन् भने फाइनल खेल शनिबार हुने छ । फाइनल पुग्ने दुई देश एसिया कपका लागि छनोट हुनेछ ।