• २०८१ बैशाख ७ शुक्रबार

म माथि षडयन्त्र भयो, सार्वजनिक अडियोको छानविन होस्- अधिवक्ता पोखरेल

kharibot

काठमाडौं । घूस लेनदेनको अडियो सार्वजनिक भएपछि अभिवक्ता रुद्र पोखरेलले आफूले कुनै अनुचित काम नगरेको दाबी गरेका छन् । उनले आफूमाथि षडयन्त्र भएको समेत बताएका छन् । 

उनले फेसबुकमा लेखेका छन्, ‘हालै सार्वजनिक भएको अडियोक‍ो छानविन होस, यस किसिमको वार्तामा म संलग्न छैन । नेवाए र बार काउन्सिलबाट हुने यस प्रकरणको छानविनमा म उचित र प्रयाप्त सहयोग गर्न तयार छु । हाललाई म नेवाएको सदस्यका हैसियतले कुनै पनि गतिविधिमा सहभागी नहुने गरी मैले स्वयं सदस्यता स्थगन गरेको छु र कानून ब्यवसायीको हैसियतले कुनै पनि मुद्दाको बहस पैरवि तथा परामर्शमा सहभागि नहुने गरी स्वयंलाई निलम्वन गरेको छु । म उपर भएको षड्यन्त्र उपर कानूनि उपचारको खोजिमा छु ।’

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै