• २०८१ बैशाख ७ शुक्रबार

अफगानिस्तानमा भूकम्प- मृत्यु हुने २८० पुगे

kharibot

काठमाडौं । अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुगेको छ । पाक्तिकाको दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर बुधबार बिहान ६ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो । 

भूकम्पको धक्का पाकिस्तान र भारतका भूभागसम्म महशुस गरिएको थियो । भूकम्पमा १५० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । 

भूकम्पका कारण दर्जनौँ घर भत्किएका छन् । भूकम्पले पुर्‍याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ ।

पछिल्लाे एक दशकमा भूकम्पमा परेर अफगानिस्तानमा ७ हजार जनाकाे मृत्यु भएकाे छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै