• २०८१ बैशाख ७ शुक्रबार

ट्रान्सजेन्डर छोरी पिता मस्कसँग सम्बन्ध तोड्न अदालत पुगिन्

kharibot

काठमाडौँ । विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलोन मस्क फेरि एकपटक चर्चामा छन् । यसपटक कारण उनको ट्रान्सजेन्डर छोरी हुन् ।

उनकी छोरीले आफ्नो नाम भिभियन जेना विल्सन राख्न र नयाँ जन्म प्रमाणपत्रमा आफ्नो नयाँ लैङ्गिक पहिचान देखाउन अदालतमा निवेदन दिएकी छिन् ।  उनले अब आफ्नो जैविक बुबासँग नबस्ने  र उनीसँग कुनै सम्बन्ध राख्न नराख्ने बताएकी छन् ।

मस्ककी छोरीको पहिलो नाम जेभियर अलेक्ज्याण्डर मस्क हो, उनी हालै १८ वर्षकी भइन्। उनको आमाको नाम जस्टिन विल्सन हो, जसले २००८ मा मस्कसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । केही समयअघि जेभियर पुरुषबाट महिलामा परिवर्तन भएकी थिइन् । मिडिया रिपोर्टका अनुसार अनलाइन कागजातमा जेभियरको नाम परिवर्तन गरिएको छ ।

मस्ककी छोरीले अप्रिलमा सान्ता मोनिकाको लस एन्जलस काउन्टी सुपीरियर कोर्टमा नाम परिवर्तन र आफ्नो नयाँ लिङ्ग पहिचान झल्काउने नयाँ जन्म प्रमाणपत्रको लागि निवेदन दिएकी थिइन् । हालै केही अनलाइन मिडिया रिपोर्टमा यो कुरा बाहिर आएको छ ।

छोरीको नाम र लिङ्ग परिवर्तनसम्बन्धी कागजात अदालतमा दायर भएको झण्डै एक महिनापछि मेमा मस्कले रिपब्लिकन पार्टीलाई आफ्नो समर्थन घोषणा गरेका थिए । यसका निर्वाचित प्रतिनिधिहरूले देशभरका राज्यहरूमा ट्रान्सजेन्डर अधिकारहरू सीमित गर्ने कानूनलाई समर्थन गर्छन् ।

भिभियनले उनको बुबाको सार्वजनिक अस्वीकृतिको कारण भने खुलाएकी छैनन् र मस्कले पनि यस बारेमा अहिलेसम्म आधिकारिक बयान दिएका छैनन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै