• २०८१ बैशाख १२ बुधबार

इथियोपियामा कम्तीमा २ सय सर्वसाधारणको हत्या

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । इथियोपियामा २ सय सर्वसाधारणको हत्या भएको छ । देशको ओरोमिया क्षेत्रमा भएको आक्रमणमा जातीय अम्हारा समुदायका मानिसहरुको हत्या भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अफ्रिकाको दोस्रो ठूलो जनसंख्या भएको  इथोपियामा जातीय तनाव जारी रहिरहेका बेला पछिल्लो डरलाग्दो हिंसा भएको हो ।

‘मैले २३० शवहरू गनेको छु । मलाई डर छ कि यो हामीले हाम्रो जीवनकालमा देखेका नागरिकविरुद्धको सबैभन्दा डरलाग्दो हमला हो’ु गिम्बी काउन्टीका निवासी अब्दुल–सेद ताहिरको भनाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले जनाएको छ ।

 शनिबारको आक्रमणबाट आफू मुस्किलले उम्किएको उनले बताए । शवलाई सामूहिक चिहानमा गाडिएको पनि उनले बताए । 

‘शवलाई सामूहिक चिहानमा गाडिरहेका छौं ।  हामी अझै पनि शव संकलन गर्दैछौं । संघीय सेनाका एकाइहरू घटनास्थलमा आइपुगेका छन् । तर सेनाले छोडे भने हामीमाथि हमला हुने डर छ  । ’ अर्का एक प्रत्यक्षदर्शीले पनि आफ्नो सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् । ओरोमिया समुदाय अहिले अर्कै क्षेत्रमा स्थानमा स्थानान्तरण हुन खोजेको प्राप्त विवरणमा जनाइएको छ । 

आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन् । आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै