• २०८१ बैशाख ७ शुक्रबार

फ्रान्सका राष्ट्रपति म्याक्रोनले संसदमा गुमाए बहुमत

kharibot

काठमाडौँ । राष्ट्रपतिमा पुनः निर्वाचित भएको दुई महिनाभन्दा कम समयपछि फ्रान्सेली संसद नेसनल एसेम्ब्लीमा इमानुएल म्याक्रोनले बहुमत गुमाएका  छन् ।  निर्वाचनमा वाम गठबन्धन र अति दक्षिणपन्थीहरूको दमदार प्रस्तुतिपछि राष्ट्रपति म्याक्रोनले फ्रान्सको तल्लो सदन नेसनल एसेम्ब्लीमा बहुमत गुमाएका हुन् । 

उनले बलियो बहुमत ल्याउन मतदातालाई आह्वान गरेका थिए ।

तर, म्याक्रोनले नेतृत्व गरेको गठबन्धनले चुनावमा दर्जनौं सिट गुमाएको छ, जसले फ्रान्सेली राजनीतिलाई ध्रवीकरणतर्फ लैजाने देखिएको छ । अव राष्ट्रपतिलाई सुधारका योजना पारित गर्न समस्या पर्नेछ । 

निर्वाचनमा वामपन्थी, अति वामपन्थी र ग्रीन पार्टीहरूको नवगठित गठबन्धन दोस्रो र मारिन ल पेनले नेतृत्व गरेको अति दक्षिणपन्थी पार्टी तेस्रो बन्ने देखिएका छन् । 

म्याक्रोनले हालै नियुक्त गरेका प्रधानमन्त्री एलिजाबेथ बोर्नले यो अवस्था अप्रत्यासित भएको बताइन् । 

‘ हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सामना गरिरहेका जोखिमहरूलाई ध्यानमा राख्दा पछिल्लो अवस्थाले हाम्रो देशकाे खतरा प्रतिनिधत्व गर्छ’,  प्रधानमन्त्री भनिन् । 

आधुनिक फ्रान्सले यस्तो संसद कहिल्यै नदेखेको पनि उनले बताइन् । संसदमा बहुमत जुटाउने प्रयत्नमा लाग्ने उनले बताइन् ।  उनले अगाडि थपिन, ‘हामीले भोलिदेखि नै बहुमत ल्याउनका लागि काम गर्नेछौं ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै