• २०८१ बैशाख ८ शनिबार

पेट्रोलमा प्रतिलिटर २१ र डिजेल र मट्टितेलमा २७ रुपैयाँले बढ्यो

kharibot

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 

पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरिएको छ । बढेको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगको छ । यसैगरी, २७ रुपैयाँले बढेको डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ । 

यस्तै, हवाई इन्धनको मूल्यमा आन्तरिकतर्फ १९ रुपैयाँ वृद्धि गर्दा प्रतिलिटर १८५ रुपैयाँ पुगेको छ भने बाह्यतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको छ र नयाँ मूल्य प्रतिकिलोलिटर एक हजार ६४५ अमेरिकी डलर कायम गरिएको छ । 

बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने आयल निगमले जनाएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै