• २०८१ बैशाख ८ शनिबार

नेपाली सेनाद्वारा कैलालीको ऐतिहासिक किल्ला पुनर्निर्माण

kharibot

धनगढी । नेपाली सेनाले कैलालीमा जीर्ण बनेका ऐतिहासिक किल्ला पुनर्निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरेको छ । कैलालीको गोदावरी नगरपालिका–१२ मा पर्ने ऐतिहासिक तारागढी र ताराकोट किल्लाको पुनर्निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरेको हो । 

अंग्रेजहरूसँग लडाइ हुँदा राजाका सेनाहरू उक्त गढीमा आश्रय लगेर लडेका थिए । तर ती गढीको पुनर्निर्माण नहुँदा जीर्ण बनेका थिए । 

१६ लाख बढीमा निर्माण गरिएका तारागढी र ताराकोट आइतबार गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्ट मार्फत स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । आइतबार उक्त किल्ला उद्घाटन कार्यक्रम आयोजना गर्दै स्थानीय तहलाई हस्तान्तरण गरिएको देवी दल गण तेघरी अत्तरियाले जनाएको छ । 

कार्यक्रममा देवी दल गणका गणपति सुनिल मल्ल, गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्ट , वडा नम्बर १२ का वडा अध्यक्ष भीम खड्का, वडा नम्बर १० का वडा अध्यक्ष रवीन्द्र शाही, वडा नम्बर ११ का वडा अध्यक्ष प्रेमसिं बडैला लगायतका  जनप्रतिनिधि र   सेनाका अन्य उच्च अधिकारीहरूको सहभागीता रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै