• २०८१ बैशाख ८ शनिबार

प्रभु बैंकका ग्राहकलाई दि क्लिफमा आकर्षक छुट

kharibot

काठमाडौँ l प्रभु बैंक र दि क्लिफ प्रालि बिच आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।बैंकका तर्फबाट गण्डकी प्रदेश मुख्य व्यवसाय केन्द्र अधिकारी शांन्ती शेरचन र दि क्लिफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ईश्वर ध्वज कार्की द्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । 

प्रभु बैंक र दि क्लिफ प्रा.लि. बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकका ग्राहकहरुले दि क्लिफ द्धारा सञ्चालित स्काई साइक्लिङ्ग, स्काई क्याफे, तथा स्काई ग्लाइडिङ्ग गतिविधिमा १० प्रतिशत छुटका साथै बन्जी जम्पिङ र स्विङ्ग गतिविधि बुकिङ्ग गर्दा यी ६ गतिविधि (स्काई चियर्, विइसीङ ह्याण्ड, हर्स राइडिङ, क्रेज ब्रिड्ज, जाइन्ट पिङ्ग, तथा फ्यामिली पिङ्ग) मध्य कुनै एक गतिविधिमा निशुल्क सेवा प्राप्त गर्नेछ ।

उक्त सम्झौता अन्तर्गत दि क्लिफमा सुविधा लिन चाहनुहुने प्रभु बैंकका सम्पूर्ण ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, दि क्लिफका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै