• २०८१ बैशाख ११ मंगलबार

एसीसी महिला टी-२० च्याम्पियन्सिपमा नेपालले विजयी शुरुवात

kharibot

काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियन्सिपमा नेपालले विजयी शुरुवात गरेको छ । पहिलो खेलमा नेपालले आज भुटानलाई ५० रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछाएको भुटान १७.५ ओभरमा ४४ रन बनाउदा अल आउट भएको थियो । नेपालका लागि संगीता राईले ४ विकेट लिएकी थिइन् भने कविता कुवर र सिता मगरले २-२ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै ९४ रन बनाएको थियो । नेपालका लागि काजोल श्रेष्ठले २६, रुबिना क्षेत्रीले २१ र इन्दु बर्माले २० रन बनाएकी थिइन् ।

समुह बि मा रहेको नेपालले अब दोस्रो खेल शनिबार कुवेतविरुद्ध खेल्दै छ ।

त्यस्तै नेपालले जुन २० मा बहराइनसँग र जुन २१ मा हङकङसँग खेल्ने तालिका रहेको छ । दुवै समुहका शिर्ष २ देश सेमिफाइनलमा पुग्ने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै